२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँ आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गरेका छन्।२०७९ असार ११ गते शनिबार युग संवाददाता
सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३८ करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन्। समाजवादीका १० जना सांसदहरुले मन्त्री फेर्ने पार्टी निर्णय नमान्ने भन्दै विद्रोह गरेका छन्।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
कैलालीमा सात गोरुगाडा सहित ३० थान सालको गोलिया बरामद गरिएको छ ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
एसीसी महिला टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
किसान मलका लागि तड्पिरहेका बेला भन्सार छलेर भारतबाट ल्याइएको मल सशस्त्र प्रहरीले बरामद गरेको छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
/ किसानको धान रोप्ने बेलामा बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवारलाई भोट माग्ने चटारो परेको छ ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्याउनका लागि कार्य अगाडि बढाएको हो ।२०७९ असार ०९ गते बिहिबार युग संवाददाता
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई कैलालीको गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी दिइएको छ ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
नयाँ शैक्षिक सत्रमा भर्ना भएका बाजुराका अधिकांश विद्यार्थी पुरानै पाठ्यपुस्तक पढ्न बाध्य भएका छन् ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी सञ्चालनको तयारी सुरु भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण सुरु भएको डेढ दशकपछि मूल नहर परीक्षणसँगै पानी सञ्चालन हुने भएको हो ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कैलालीका स्थानीय तहले यस वर्ष सबै प्रक्रिया पूरा नगरी हतारमा वडास्तरबाट योजना छनोट गरेका छन् । केही समय चुनावमा खर्चेका कारण समय अपुग भएपछि स्थानीय तहले केही प्रक्रिया मिचेर योजना छनोट गरेका हुन ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ ।