बसको ठक्करकाट एक महिलाको मृत्यु

युग संवाददाता     307 पटक पढिएको    

बसको ठक्करकाट एक महिलाको मृत्यु

कञ्चनपुर / वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ।

बुधबार बिहान महेन्द्रनगरबाट बर्दिया तर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्‍याउँदा मृत्यु भइसकेको थियो।

बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए। 



बुधबार ०८, असार २०७९ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.