सुदूरपश्चिम फाइनलमा स्तब्ध, लुम्बिनीले जित्यो एनपीएलको उपाधि

युग संवाददाता     26 पटक पढिएको    

सुदूरपश्चिम फाइनलमा स्तब्ध, लुम्बिनीले जित्यो एनपीएलको उपाधि

 

धनगढी । नेपाल प्रिमियर लिग एनपीएल सिजन– २ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको जित निकाल्दै लुम्बिनीले उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । 

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक पनि उस्तै नियति दोहोरियो ।

लुम्बिनीले भने प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै अन्ततः उपाधि जित्न सफल भयो । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि पाएको ८६ रनको लक्ष्य लुम्बिनीले सहजै पूरा गरेको हो । प्रतियोगितामा पहिलो खेल जितेपछि लुम्बिनी लगातार तीन खेल हारेको थियो । तर त्यसपछिका हरेक खेल आफ्नो पक्षमा पार्दै लुम्बिनीले एनपीएलको पहिलो उपाधि उचालेको हो ।
आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।

यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०र १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् । 

लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहितकुमार पौडेलले समान तीनरतीन  विकेट हात पारे । यस्तै, तिलक भन्डारीले एक विकेट लिए ।



आइतबार २९, मङि्सर २०८२ ०४:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal