Yugnepal https://english.yugnepal.com Yugnepal - Yugnepal en-US hourly 1 Copyright 2022 Sun, 26 Jun 2022 02:25:41 +0545 पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घट्यो https://english.yugnepal.com/news/4905 Sat, 25 Jun 2022 20:47:02 +0545 https://english.yugnepal.com/news/4905 सरकारले डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ। काठमाडौं /  सरकारले डिजेलमा प्रतिलिटर २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो।

उक्त निर्णयपछि आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्र बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर घटाइएको जानकारी दिए।

योसँगै डिजेल प्रतिलिटर १६३ तथा पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ पुगेको छ। यो मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ। सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ।

हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो। 

]]>
नाला नहुँदा भजनीको केही क्षेत्र जलमग्न https://english.yugnepal.com/news/4904 Sat, 25 Jun 2022 20:42:05 +0545 https://english.yugnepal.com/news/4904 कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ । धनगढी, ११ असार । कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ । 

नाला नभएका कारणले केहीबेरमात्रै पानी पर्दा जलमग्न भएको खेम पाण्डेयले बताएका छन् । पानीको निकास नभएका कारण भजनी बजारमा पनि पानी जमेको थियो ।

आज विहान चुरे क्षेत्र र कैलारी गाउँपालिकाको हसुलियाभन्दा पूर्वतिर वर्षा भएको छ । पानी आवश्यक परेको बेला वर्षा भएपछि किसान हर्षित भएका छन् । यसैगरी, खुटिया नदीमा आज सानो बाढी पनि आएको छ । 

]]>
धनगढी विमानस्थल स्तरोन्नति कार्यको शिलान्यास https://english.yugnepal.com/news/4903 Sat, 25 Jun 2022 20:32:47 +0545 https://english.yugnepal.com/news/4903 धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ । धनगढी / धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ ।  शनिवार एक कार्यक्रमका बिच  पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्तरोन्नतिको कार्यको शिलान्यास गरेका हुन् । 

उक्त स्तरोन्नति अन्तरगत टर्मीनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ। 

]]>
कञ्चनपुरको पुनर्वास नगरपालिकाले ल्यायो ७७ करोड २४ लाखको बजेट https://english.yugnepal.com/news/4902 Sat, 25 Jun 2022 11:47:52 +0545 https://english.yugnepal.com/news/4902 कञ्चनपुरको पुनर्वास नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ७७ करोड २४ लाख ४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । कञ्चनपुर / कञ्चनपुरको पुनर्वास नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ७७ करोड २४ लाख ४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न एघारौँ नगर सभामा नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरपालिकाले बजेटको स्रोत अन्तर्गत आन्तरिक श्रोत ३ करोड ५० लाख सङ्घीय सरकार वित्तीय समानिकरणबाट १६ करोड ९५ लाख , प्रदेश सरकार वित्तीय समानिकरण १२ करोड ४१ लाख ६ हजार नेपाल सरकार सशर्त अनुदान चालु २४ करोड ३६ लाख, नेपाल सरकार सशर्त अनुदान पुँजिगत २ करोड ७७ लाख, राजश्व बाँडफाँड (सङ्घ) १२ करोड ५७ लाख ६३हजार, सङ्घीय सरकार विशेष अनुदान १ करोड ३० लाख सङ्घीय सरकार समपूरक अनुदान ८० लाख प्रदेश सरकार समपूरक १ करोड ३५ लाख ४ हजार, प्रदेश सरकार विशेष ७० लाख, सवारी साधन कर बाँडफाँड (प्रदेश) १ करोड ७ लाख १ हजार स्थानीय राजश्व बाँडफाँड १ करोड, अनुमानित अल्या भएर आउने रकम १०करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै गरी नेपाल सरकारको आगामी आर्थिक वर्षको विनियोजन ऐन र आर्थिक ऐनको कानुनी व्यवस्था अनुरूप निम्न शीर्षकमा प्राप्त हुने रकमहरू जुन स्थानीय सरकारको विनियोजन ऐन र आर्थिक ऐनमा राख्नु नपर्ने साथै रातो किताबमा समेत देखाउनु नपर्ने तपसिल अनुसारका शीर्षकमा सामाजिक सुरक्षा अनुमानित रकम रु २० करोड, सडक बोर्ड नेपाल अनुमानित रकम रु ५० लाख,तराई मधेस समृद्धि कार्यक्रम अनुमानित रकम रु ३० लाख, प्रदेश पूर्वाधार विकास कार्यक्रम अनुमानित रकम रु १ करोड ५० लाख बजेटको स्रोतको रूपमा रहने जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुनर्वास नगरपालिकाले आर्थिक विकास, पर्यटन प्रवर्द्धन क्षेत्रको विकास, सामाजिक विकास, विद्युतीय समस्याको समाधान, वन, वातावरण तथा सरसफाइ, सुशासन प्रवर्द्धन, प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापन आदिलाई प्राथमिकताका राखेका छन् ।

आर्थिक वर्ष ०७९/०८० को नीति,कार्यक्रम तथा बजेटमा पुनर्वास नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिइएको छ । यसै गरी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने वजेट विनियोजनका साथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्ने नीति अवलम्बन गरि जग्गाधनी लालपुर्जा वितरण कार्यलाई तीव्रता दिइने जस्ता कार्यक्रम समावेश गरिएको छ ।

यसै गरी नीति तथा कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रम लाई अगाडि सारेका छन्।नीति तथा कार्यक्रममा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन पुनर्वास नगरपालिकामा ढल निकासको कार्यलाई आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोस्ट केन्द्र सञ्चालनमा ल्याइने, लगायत विपद् व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाइ,सडक,पुल तथा यातायात,भूमि व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका नीति समेत कार्यक्रममा समावेश गरिएका छन् ।

]]>
७०२ स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट https://english.yugnepal.com/news/4901 Sat, 25 Jun 2022 09:55:10 +0545 https://english.yugnepal.com/news/4901 देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँ आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गरेका छन्। काठमाडौँ /  देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँ आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गरेका छन्। उनीहरूले आ–आफ्नो गाउँ\नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन्।

नेपाल नगरपालिका संघले २९३ मध्ये २६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका जनाएको छ। २६ नगरपालिकाको बजेट आउन बाँकी छ । बाजुराको बुढीगंगामामा भने निर्वाचन नै हुन बाँकी छ।

गाउँपालिका महासंघका अनुसार ४६० मध्ये ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेका छन्। बाँकी २५ मध्ये ६ वटा गाउँपालिकामा सम्पर्क नै हुन नसकेको महासंघले जनाएको छ। १९ गाउँपालिकामा भने सभाको अधिवेशन नै सुरु भएको छैन।

बजेट पेस गर्न नसकेका पालिकाहले केही दिनमै सभा सुरु गर्ने जानकारी प्राप्त भएको महासंघको भनाइ छ। नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट तयारीका लागि छोटो समय रहेका कारण केहीले बजेट ल्याउन नसकेको महासंघले जनाएको छ।

]]>
सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु https://english.yugnepal.com/news/4900 Sat, 25 Jun 2022 09:39:41 +0545 https://english.yugnepal.com/news/4900 सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। धनगढी / सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ खेतमा रोपाईँ गर्न सिँचाइ गर्ने क्रममा डगौरालाई करेन्ट लागेको हो।घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

]]>
रासायनिक मलको विकल्पमा गड्यौला मल https://english.yugnepal.com/news/4899 Sat, 25 Jun 2022 09:37:38 +0545 https://english.yugnepal.com/news/4899 यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । भजनी / यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजीमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उनले पूर्ति गर्दै आएका छन् ।  माटोको उर्वरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषिखेती गर्नेका लागि गड्यौला मल निकै उपयोगी हुन थालेको थापा बुताए ।  

“मैले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएको छु । अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन”, उनले भने, “किसानले गड्यौला मललाई जैविक मलको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायक नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल निकै उपयोगी छ ।”

गाई भैँसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौला मल तयार पारिन्छ । चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौला राखिन्छ र गड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपम खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने थापा बताए ।  

माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावल बताए ।  उनि चार वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् । 

व्यावसायिक पशुपालनमा लाग्नुभएका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौलालाई राखेर मल उत्पादनमा लागेका छन् । “मैले यसलाई व्यावसायिकरुपमै त लिएको छैन तर खेतीका लागि भने गड्यौला मल ठिक छ”, उनले भने, “सुरुआतमै रासायनिक मलको जस्तो प्रतिक्रिया गड्यौला मलको देखिँदैन । पछिका लागि र माटोको उर्वरा शक्ति कायम राख्न यो महत्त्वपूर्ण छ ।” उनले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आउका छन् ।  

प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैशीले बताए । उनले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताए ।

“हामीलाई पनि सुरुमा निकै चिन्ता थियो । अहिले खेती राम्रो मात्रै होइन माटोमा समेत सुधार आएको छ”, उनले भने, “माटोका लागि गड्यौला मल जति उपयोगी अरू कुनै छैन ।” किसानले गड्यौला मलको अत्यधिक माग गरिरहेको बताए । 

]]>
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाद्धारा ३८ करोड ३ लाखको बजेट प्रस्तुत https://english.yugnepal.com/news/4898 Sat, 25 Jun 2022 09:34:22 +0545 https://english.yugnepal.com/news/4898 डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३८ करोड ३ लाख २८ हजारको  बजेट प्रस्तुत गरेको छ । डडेल्धुरा / डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३८ करोड ३ लाख २८ हजारको  बजेट प्रस्तुत गरेको छ ।  शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि पालिकाको १४औँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत् सो बजेट पेस गरिएको हो।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले बजेट प्रस्तुत गरेकी हुन्।  जसमा चालुतर्फ २६ करोड ४५ लाख २९ हजार र पुँजीगततर्फ ११ करोड ५५ लाख ९८ हजार विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा गन्यापधुराको कूल बजेट ३४ करोड ५१ लाख २७ हजार रहेको थियो । जसमा चालुतर्फ २४ करोड ९४ लाख ३८ हजार र पुँजीगततर्फ ९ करोड ५६ लाख ८९ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

 

]]>
कैलालीका १२ पालिकाले ल्याए बजेट, कुनमा कति ? https://english.yugnepal.com/news/4897 Sat, 25 Jun 2022 09:30:52 +0545 https://english.yugnepal.com/news/4897 कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । धनगढी / कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गते भित्रै नीति तथा कार्यक्रम सँगै जेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप कैलालीका १२ पालिकाले शुक्रबार आफ्नो पालिकाको बजेट कार्यक्रम सार्वजनिक गरेका हुन् । कैलालीको जोशीपुर गाउँपालिकाले भने शुक्रबार बजेट प्रस्तुत गर्न सकेको छैन । शुक्रबार प्रस्तुत गरिएको पालिकाको बजेट यस प्रकार रहेको छ ।

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको छ । आठौं अधिवेशनको दोश्रो बैठकमा उपमेयर कन्दकला रानाले  प्रस्तुत गरेका बजेटमा चालुतर्फ १ अब ३ करोड १९ लाख ७० हजार र पुजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ ।

आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको बजेट भन्द १  करोड ७ लाखले बढी छ । धनगढी उपमहानगरपालिकाले चालु आवमा १ अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो । उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाडफाडबाट ४७ करोड २९ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  (संघीय सरकार)बाट ९६ करोड ४८ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  ९प्रदेश सरकार०बाट ३५ करोड ३४ लाख र  मौज्दातबाट १० करोड हुने अनुमान गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक बिकास तर्फ १४ करोड ४२ लाख ( ७ दशमलब ८४ प्रतिशत), सामाजिक बिकास तर्फ ७४ करोड ७८ लाख (४० दशमलब ६ प्रतिशत), पुर्वाधार बिकास तर्फ ४५ करोड  १० लाख (२५ दशमलब ५३ प्रतिशत)  बिनियोजन गरेको छ ।  त्यस्तै कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख (२२ दशमलब ७६ प्रतिशत)बिनियोजन गरिएको छ ।

धनगढी उपमहागरपालिकाले बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने निति लिएको छ ।  आव २०७९/०८० को बजेटमा बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने प्रस्ताव गरिएको छ । 

त्यस्तै, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने प्रस्ताव बजेटमा गरिएको छ । खरिद प्रकृयालाई पारदर्शि बनाउँदै समयमै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक श्रोतले चालु खर्च धान्ने गरि आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा उल्लेख गरिएको छ ।

कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको हो । 

बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष राज समझ चौधरीले गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालु)तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेका हुन् । यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

कैलारी गाउँपालिकाले शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विगतका असल अभ्यासलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमी कमजोरीलाई न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, समावेशी सिद्धान्तका आधारमा पूर्ण पारदर्शी रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने बताए । त्यस्तै, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भूमि आयोग तथा अन्य सरोकारवालासँग समन्वय गरेर व्यवस्थापन गरिने उल्लेख गरे ।

कैलारी गाउँपालिकाले गाउँपालिकाको साझा सवालको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि, भलमन्सालगायत सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने जनाइएको छ । 

कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहसँग समन्वय गरी दमकल सञ्चालन गर्ने, वन तथा वन्यजन्तु पशुपन्छी संरक्षणका कार्यक्रम सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको अर्को बैठक असार १६ गते बोलाइएको छ ।

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तत गरिएको छ । शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले १ अरब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । 

आगामी आर्थिक बर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजिगततर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरेको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै नगरप्रमुख भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११ औं नगरसभामा बैठकमा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ सय ६० रुपैयाँ, मालपोत दर्ता ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

नगर सभामा प्रस्तुत बजेटमा विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ । यसअघिका जनतासँग जनप्रतिनिधि कार्यक्रम, महिला हिंसा न्यूनिकरण, अनाथ असहाय छात्रवृत्ति, निःशुल्क रक्त संचार, सडक मानवमुक्त नगर, हाम्री छोरीः प्यारी छोरी, सामुदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रवृत्ति, आमा बुवासँग उपमेयर, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७६ करोड ७० लाख बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिकाले शुक्रवार १० औँ गाउँसभा मार्फत कुल ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । 

बर्दगोरियामा संघीय सरकारबाट ४४ दशमलव ६९ करोड र प्रदेश सरकारबाट १ दशमलव ५१ करोड बजेट सुनिश्चित भएको छ । पालिकाको आन्तरिक आय २ करोड ५० लाख हुने अनुमान गरिएको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १३ करोड ६ लाख, विशेष अनुदान ३ करोड ९५ लाख, समपूरक अनुदान २ करोड ८० लाख, निशर्त अनुदान १२ करोड ५८ लाख, केन्द्र सरकारको राजस्व बाँड्फाँडबाट ९ करोड ५२ लाख २६ हजार र सशर्त पुँजिगत अनुदान २ करोड ७८ लाख गरी कुल  ४४ करोड ६९ लाख २६ हजार प्राप्त हुने भएको छ ।

यस्तै प्रदेश सरकारको विशेष अनुदान २७ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान ८९ लाख १८ हजार, समपूरक अनुदान ११ लाख राजस्व बाड्फाडबाट   हजार गरी कुल १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ । 

यता गाउँपालिकाको आन्तरिक स्रोतबाट ७५ लाख, राजस्वबाट ७५ लाख र गाउँपालिकाको अन्य स्रोत रोयल्टी समेत गरी बाट करिब १ करोड गरी आगामी आर्थिक वर्षमा २ करोड ५० लाख रकम संकलन हुने अनुमान गरिएको छ । पालिकामा सामाजिक सुरक्षा भत्तामार्फत २० करोड प्राप्त हुने छ भने ८ करोड रुपैयाँ बैङ्क मौजदाद रहेको जनाइएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ३८ करोड बढीको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।शुक्रबार बसेको नगरसभाको बैठकमा बजेट कार्यक्रम प्रस्तु गर्दै लम्कीकी मेयर शुशीला शाहीले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब ३८ करोड ४४ लाख २५ हजार बराबरको अनुमानित वजेट, नीति तथा क्रार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडकलाई प्राथमिकता दिइएको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९० करोड ६४ लाख ७५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गौरिगंगाको १२औँ नगरसभामा उपप्रमुख भोजबहादुर बमले संघीय समानीकरणतर्फ १७ करोड ७० लाख, सशर्त अनुदानबाट २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगतबाट तीन करोड १४ लाख, समपूरक अनुदान पुँजीगतबाट ८० लाख, विशेष अनुदानबाट ५० लाख, प्रदेश समानीकरणबाट एक करोड ३० लाख १९ हजार आयको अनुमानित विवरण पेस गरे ।

यस्तै, समपूरक अनुदानबाट ७३ लाख, विशेष अनुदानबाट २५ लाख, मूल्य अभिवृद्धि कर, अन्त शुल्कबाट १४ करोड ५२ लाख ८२ हजार, वन रोयल्टीबाट ३५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट दुई करोड, सवारी साधनबाट ८५ लाख ७६ हजार, सामाजिक सुरक्षा तथा संरक्षण भत्ताबाट २२ करोड ५० लाख, आन्तरिक राजस्वबाट तीन करोड ६५ लाख ७० हजार, अन्य रकम एक करोड ८१ लख २८ हजार आयको विवरण पेस गरिएको छ ।

कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७० करोड ६९ लाख १७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । भजनीमा चालुतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपैयाँको बजेट उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरे । भजनीको आन्तरिक आय दुई करोड ७५ लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले सुशासन कायम गर्न नगर प्रहरी राख्ने, जनतासँग मेयर, आमासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड २३  लाख २९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न नगरसभाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, खेल क्षेत्रलाई प्राथमिकता दिंदै आगामी आर्थिक बर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गरेको हो । 

कैलालीको जानकी गाउँपालिकाले आगमी आर्थिक बर्षका लागि ६९ करोड ३० लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । जानकीको दशौं गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५ सय १६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैयाँको अनुमानित बजेट पेश गरेकी हुन्। आयतर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट तीन करोड नौ लाख  ५५ हजार, संघीय सामानीकरण अनुदानबाट १५ करोड ८६ लाख, संघीय राजस्व बाँडफाँटबाट १३ करोड ५२ लाख  ५१ हजार, संघीय सशर्त अनुदानतर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाइएको छ । 

कैलालीको मोहन्याल गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४४ करोड ८९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट पेस गरेको हो । कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४६ करोड ५१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बजेट प्रस्तुत गर्दै चुरे गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ । 

]]>