ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई

युग संवाददाता     58 पटक पढिएको    

ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट ९एमएफए १७० मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रविन्द्र ढाँटलाई बधाई दिएका छन् ।
 
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रविन्द्रलाई शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट ९एमएफए १७० मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।” 
 
भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट ९एमएफएन० मा  टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै ढाँटले उपाधि जितेका हुन् । उनी उक्त प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी हुन् । 



बुधबार २२, साउन २०८२ ०५:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal