धनगढी जेसीजको अध्यक्षमा ओझा विजयी

युग संवाददाता     5 पटक पढिएको    

धनगढी जेसीजको अध्यक्षमा ओझा विजयी


धनगढी । धनगढी जेसीजको अध्यक्षमा महेश्वर ओझा ९महेश० निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न ४३औँ शाखा अधिवेशनबाट ओझा वर्ष २०२६ का लागि अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा ओझाले ४९ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी मनिष कुँवरलाई पराजित गरे । कुँवरले ४० मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार आशिष शाहले ओझालाई समर्थन गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष ओझाले धनगढी जेसीजलाई देशकै नमुना संस्थाका रूपमा विकास गर्न आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 



आइतबार २९, मङि्सर २०८२ ०४:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal