जति दिन बस्छु,कर्मलाई परिणाममुखी बनाउन तिर लाग्छु  प्रजिअ - रेग्मी

युग संवाददाता     27 पटक पढिएको    

जति दिन बस्छु,कर्मलाई परिणाममुखी बनाउन तिर लाग्छु  प्रजिअ  - रेग्मी

 

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफ्नो कर्मलाई परिणाममुखी बनाउने बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारसँग परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘म जति समयसम्म यहाँ बस्छु । जति दिन बस्छु,कर्मलाई परिणाममुखी बनाउने तर्फ मेरो प्रयास रहनेछ ।’ त्यस्तै, उनले जनतामुखी हुनका लागि मिडियामैत्री हुनुपर्ने बताए । उनले जनतालाई सूचनाको प्रत्याभूति गर्ने कुरामा आफूले भूमिका खेल्ने बताए ।

उनले भने ‘कार्याललयहरुबाट सूचना पाउन कठिन भएको कुरा छ । यहाँका सम्पूर्ण कार्यालयका सूचना अधिकारीहरुलाई सहजरुपमा उपलब्ध गराउनका लागि मैले समन्वय गर्ने छु । मिडियामैत्री हुनु भन्नुको अर्थ जनतामैत्री,जनमुखी हुनु हो । सेवामुखी हुनु हो ।’

उनले भने ‘गौरीफन्टाबाट सामान ल्याएर आउने जनताले पाएको सास्ती,लागुपदार्थ दुर्व्यसनी,बजारमा ध्वनी प्रदुषण बढेका कुरा छन् । यी तत्काल समाधान गर्न सकिने कुरा हुन् । यसमा मेरो प्रयास रहन्छ ।’

उनले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने,सुशासन,प्रभावकारी सेवा प्रवाहलगायतमा आफ्नो विशेष जोड रहने बताए । प्रमुख जिल्ला अधिकारी रेग्मी कैलालीमा बिहीबारमात्रै हाजिर भएका हुन् ।



मङ्गलबार १९, कार्तिक २०८२ ०८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal