कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा शाही

युग संवाददाता     39 पटक पढिएको    

कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा शाही

 

धनगढी । कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा कुबेरबहादुर शाही पुनः निर्वाचित भएका छन् । संघको १३औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट शाही पुनः अध्यक्ष बनेका हुन् ।

शाहीले हार्डवेयर व्यवसायलाई व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन संघले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन्। महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी र कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन् ।

सदस्यतर्फ प्रन्जल गुप्ता, सुरेन्द्रप्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, शङ्कर साउद, जय कुँवर र बिरेन्द्र बोगटी चयन भएका छन् ।



आइतबार ०१, मङि्सर २०८२ ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal