कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

युग संवाददाता     23 पटक पढिएको    

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

 

धनगढी । कैलालीको सीमा नाका खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । सोमबार टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट बर्दियाको गेरुवा गाउँपालिका – १ छापापुरका २८ वर्षीय धर्मेन्द्र आचार्य र सोही ठाउँका २९ वर्षीय आशिष् नेपाली पक्राउ परेका हुन ।
शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ९९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको लिएको थियो ।



बुधबार २०, कार्तिक २०८२ ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal