श्रीलंकामाथि नेपालको ८–० को फराकिलो जित, सावित्राको लगातार दोस्रो ह्याट्रिक

युग संवाददाता     990 पटक पढिएको    

श्रीलंकामाथि नेपालको ८–० को फराकिलो जित, सावित्राको लगातार दोस्रो ह्याट्रिक

एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को एकतर्फी जित निकालेको छ। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेकी छन्।

तास्केन्तस्थित मिल्ली स्टेडियममा भएको खेलमा नेपालका लागि सावित्राले २०, ४२ र पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। गीताले दुई गोल, भने निशा थोकर, रेखा पौडेल र पूजा रानाले एक–एक गोल गरे।

नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ४ गोल गर्दै जित सुनिश्चित गर्‍यो। श्रीलंकाले खेलभरि एक मात्र कमजोर प्रयास गरे पनि गोलको कुनै मौका बनाउन सकेन।

नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को जित निकालेको थियो। अब नेपालले अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ, जसले समूह विजेता तय गर्नेछ। समूह विजेताले सन् २०२६ को एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ। लगातार दुई जितसहित नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।



बिहिबार १९, असार २०८२ ०४:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal