सुदूरपश्चिमको लगातार चौथो जित

युग संवाददाता     175 पटक पढिएको    

सुदूरपश्चिमको लगातार चौथो जित

 

धनगढी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। बिहीबार लुम्बिनी लायन्सलाई रनले हराउँदै सुदूरपश्चिमले चौथो जित दर्ता गरेको हो।

प्रतियोगितामा समान चार खेल खेलेको लुम्बिनीले तेस्रो हार व्यहोरेको छ। त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १४४ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा सुदूरपश्चिमले तीन विकेटको क्षतिमा १० बल बाँकी रहँदै १४५ रन जोड्यो।


लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे। दिलिप नाथ ३१, डार्सी सट र सुमित महर्जनले समान १८ र गुलबदिन नैबले ११ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले समान तीन विकेट लिँदा हेमन्त धामीले दुई र स्कट कुगलेनीले एक विकेट हात पारे।



शुक्रबार १३, मङि्सर २०८२ ०६:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal