एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखराको दोस्रो हार

युग संवाददाता     47 पटक पढिएको    

एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखराको दोस्रो हार

 

काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ ।


पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउँदा पनि हार टार्न सकेन । जिमी नीशमले ४५ रन तथा डान डौथवेटले अन्त्यतिर विस्फोटक ३७ रन बनाएपनि पर्याप्त हुन सकेन ।

पोखराले पावरप्लेमा रनगति बढाउन नसक्दा पराजित हुन पुग्यो । २०(३ को अवस्थाबाट भुर्तेल र नीशमले ७० रनको साझेदारी गरेका थिए । सुदूरका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी नरेन साउद र अविनाश बोहराले १(१ विकेट लिए ।



आइतबार ०८, मङि्सर २०८२ ०५:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal