एक वर्ष कार्यकालको उपलब्धिहरू सार्वजनिक

युग संवाददाता     153 पटक पढिएको    

एक वर्ष कार्यकालको उपलब्धिहरू सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । गत वर्ष साउन २० गते दोस्रो पटक मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारको मंगलबार एक वर्ष पुरा भएको हो ।

तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि गत वर्ष साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मारेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले सरकारको एक वर्ष कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारको एक वर्षे कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताएका छन् । एक वर्षे प्रगति प्रतिवेदन सुनाउँदै उनले आफू नेतृत्वको सरकारले साक्षर प्रदेश घोषणा गरेको बताए । उनले यस वर्ष कानुन निर्माण तर्फ १८ वटा ऐन नियम, निर्देशिका तथा कार्यविधिहरू जारी गरिएको बताए । त्यसका साथै प्रदेश सरकारको खर्च गर्ने क्षमतामा पनि वृद्धि भएको उनले बताए । ‘अनेक चुनौती र कठिनाइको सामना गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७०।२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएका छौँ’ उनले भने ‘जुन यस प्रदेश सरकारको अहिले सम्मको उच्च उपलब्धि हो ।’ उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरू मध्ये ५१।६ प्रतिशत अंक हासिल गरी सुदूरपश्चिम प्रथम बनेको समेत बताए ।

गत वर्ष प्रदेश सरकारले विभिन्न किसिमका करिब ३५५ किलोमिटर सडकहरू निर्माण गरेको मुख्यमन्त्री शाहले बताए । उनका अनुसार प्रदेश सरकारले १०६ किमी कालोपत्रे, १०३ किमी ग्राभेल र १४६ किमी कच्ची सडक गरी ३५५ किमी सडक मर्मत गरेको हो ।

गत वर्ष प्रदेश सरकारले १ लाख बढी जनसङ्ख्यालाई खानेपानीको सुविधा दिएको मुख्यमन्त्री शाहले बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले २०८२ असार मसान्त सम्म थप १ लाख ३ हजार ५२४ जनसङ्ख्यालाई खानेपानी सुविधा थप गरिएको बताए । त्यस्तै खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २ हजार १३३ कि।मी। पाइपलाइन जडान लगायतका कार्य गरेको उनको भनाई छ । त्यसका साथै ११ हजार ९३९ निजी धारा जडान गरिएको उनले बताए ।

उनले अर्ब ३८ करोड ७० लाख रकम बरावरको आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भई आयोजनाको काम सुरुवात गरिएको पनि बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विकास संस्था ९आइडिए० र नेपाल सरकार बिच भएको खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता अनुसार कैलालीका ३ र डोटीको एउटा पालिकामा आयोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त आयोजना कैलालीको जानकी, बर्दगोरीया र जोशीपुर गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा सञ्चालन गरिने उनले बताए ।

त्यति मात्रै नभई गत आर्थिक वर्षमा १ हजार ६२८ हेक्टर जमिनमा सिँचाई सुविधा थप गरिएको उनले बताए । उनले २७ किलोमिटर तटबन्ध निर्माणका साथै २७ हेक्टर जमिन नदी उकासबाट प्राप्त भएको समेत बताए ।



मङ्गलबार २१, साउन २०८२ ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal