धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
बिहीबार बसेकाे प्रदेश सभाकाे बैठकमा शाहले विश्वासको मत पाएका हुन् । शाहकाे पक्षमा ३० र विपक्षमा १५ मत खसेकाे छ ।
एमालेका ११ र कांग्रेसका १८ जना गरेर नागरिक उन्मुक्ति पार्टीका कैलाश चाैधरीले समेत मत दिएपछि उनकाे पक्षमा ३० मत खसेकाे हाे ।
बैठकमा सहभागी नाउपाका खुसिराम डगाैरा थारूले भने विपक्षमा मतदान गरे ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चाैधरीलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको थियाे ।
साेही पृष्ठभूमिमा शाहले विश्वासको मत लिएका हुन् ।
प्रतिकृया दिनुहोस