सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

युग संवाददाता     815 पटक पढिएको    

धनगढी / सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ खेतमा रोपाईँ गर्न सिँचाइ गर्ने क्रममा डगौरालाई करेन्ट लागेको हो।घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



शनिबार ११, असार २०७९ ०९:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal