कैलालीमा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

युग संवाददाता     649 पटक पढिएको    

कैलालीमा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

सुखड / कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

मंगलबार साँझ करिब ७ बजे खेल्ने क्रममा सेप्टीट्याङ्कीमा खसेर लम्की चुहा नगरपालिका कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपना माझीको ज्यान गएको हो। मृतक बालिकाकी आमा पवित्रा माझीका अनुसार मंगलबार साँझ साढे ६ बजे घर बाहिर बसेर खेल्ने क्रममा बिपना सेप्टीट्याङ्कीमा खसेकी थिइन्।

उनले ६:४० मा छोरी हराएमा ७:१० मा घरकै सेप्टीट्याङ्कीमा फेला परेकी बनाइन्। अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको उनले बताइन्। सेप्टीट्याङ्कीको सडक पट्टीको भागमा पहिलादेखि नै सानो प्वाल परेकोमा बिपना त्यसैबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ।



बुधबार ०८, असार २०७९ ०३:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal