नाला नहुँदा भजनीको केही क्षेत्र जलमग्न

युग संवाददाता     241 पटक पढिएको    

धनगढी, ११ असार । कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ । 

नाला नभएका कारणले केहीबेरमात्रै पानी पर्दा जलमग्न भएको खेम पाण्डेयले बताएका छन् । पानीको निकास नभएका कारण भजनी बजारमा पनि पानी जमेको थियो ।

आज विहान चुरे क्षेत्र र कैलारी गाउँपालिकाको हसुलियाभन्दा पूर्वतिर वर्षा भएको छ । पानी आवश्यक परेको बेला वर्षा भएपछि किसान हर्षित भएका छन् । यसैगरी, खुटिया नदीमा आज सानो बाढी पनि आएको छ । 



शनिबार ११, असार २०७९ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.