सुशासन कायम गर्न हामी दुई दल मिल्यौँ ः उप्रधानमन्त्री सिंह

युग संवाददाता     99 पटक पढिएको    

सुशासन  कायम गर्न हामी दुई दल मिल्यौँ ः  उप्रधानमन्त्री सिंह

 

धनगढी असोज १ / उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अस्थितरता  जनतामा बढ्दै गएको  निरासा लाई चिर्न स्थायी सरकारको माध्यबाट शान्ति सुरक्षा विकास सुशासन कायम गर्न  दुई ठुलादल काँग्रेस र एमाले  मिल्न गएको बताएका छन् ।   आज प्रेस युनियन कैलालीले आज  धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

‘संविधान संशोधन एक वा दुईदलले मात्र गरेर हुँदैन’ उनले भने ‘सबै दलको सहमतिले मात्र हुने हो ।’ उनले स्थिर सरकार र विकासको गतिलाई अगाडि बढाउन कांग्रेस र एमाले पार्टीको गठबन्धन भएको बताए । देशको अर्थतन्त्रमा परेका असरहरलाई चलाएमान बनाउन सरकारले काम गरिरहेको पनि उनले पत्रकार सम्मेलनमा बताए । 

कोभिड पछि सुस्ताएको अर्थतन्त्रलाई गति दिन, पटकपटक हुने सरकार फेरबदल प्रकृयालाई रोक्न अहिलेको गठबन्धन भएको उनको भनाइ छ । ‘जनतामा निरासा थियो विकास निर्माण सुस्त थियो’ उनले भने ‘जब कांग्रेस एमालेको गठबन्धन बन्यो सबै कुराले विस्तारै गति लिएको छ ।’ आज धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका हुन ।



मङ्गलबार ०१, असोज २०८१ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal