डडेल्धुराको गन्यापधुरा गाउँपालिकाद्धारा ३८ करोड ३ लाखको बजेट प्रस्तुत

युग संवाददाता     542 पटक पढिएको    

डडेल्धुरा / डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले ३८ करोड ३ लाख २८ हजारको  बजेट प्रस्तुत गरेको छ ।  शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि पालिकाको १४औँ गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत् सो बजेट पेस गरिएको हो।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले बजेट प्रस्तुत गरेकी हुन्।  जसमा चालुतर्फ २६ करोड ४५ लाख २९ हजार र पुँजीगततर्फ ११ करोड ५५ लाख ९८ हजार विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा गन्यापधुराको कूल बजेट ३४ करोड ५१ लाख २७ हजार रहेको थियो । जसमा चालुतर्फ २४ करोड ९४ लाख ३८ हजार र पुँजीगततर्फ ९ करोड ५६ लाख ८९ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

 



शनिबार ११, असार २०७९ ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal