पहिरोमा पुरिएर श्रीमान–श्रीमती घाइते, दर्जन बढी गाईगोरु मरे

युग संवाददाता     106 पटक पढिएको    

पहिरोमा पुरिएर श्रीमान–श्रीमती घाइते, दर्जन बढी गाईगोरु मरे

धनगढी । डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । अविरल वर्षापछि गएराति घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी जेठारा घाइते भएको प्रहरीले जनाएको छ ।


डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० भीमलाल भट्टराईले घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएको जानकारी दिए । उनीहरु मध्ये भागरथीको अवस्था गम्भीर रहेको छ ।दुवै जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको बताउँदै डीएसपी भट्टराईले पानी परिरहेका कारण उपचारका लागि स्वास्थ्य संस्था सम्म लैजान कठिनाइ भइरहेको बताए । पहिरोमा पुरिएर दर्जन बढि खसीबोका र चार गाईगोरु मरेको प्रहरीले जनाएको छ ।



शुक्रबार २८, भदौ २०८१ ०४:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal