धनगढी / कैलालीमा सात गोरुगाडा सहित ३० थान सालको गोलिया बरामद गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा ३ रानिकुन्डाको खल्ला खेतबाट शुक्रबार बिहान ४ बजे गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सब डिभिजन बन कार्यालय बर्दगोरिया र सब डिभिजन बन कार्यालय साडेपानीले सो काठ बरामद गरेको हो ।
यस्तै तीन जना जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया वडा ६ विशालनगर बस्ने ४० वर्षीय दीर्घ बिक, ३८ वर्षीय रमेश बिक र ३६ वर्षीय अर्जुन बिक रहेका छन् । बाँकी चार जना भने फरार रहेको बुझिएको छ ।
बरामद गरिएको काठ , गोरुगाडा सब डिभिजन बन कार्यालय बर्दगोरिया कम्पाउन्डमा राखिएको छ । पक्राउ परेका तीन जनालाई आज नै थप कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढी चलान गरिएको डिभिजन बन कार्यालय पहलमानपुर प्रमुख गोकुल रिजालले बताए ।
प्रतिकृया दिनुहोस