२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
कञ्चनपुरमा ३ किलो चरेससहित एक जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिए पनि सुदूरपश्चिमका युवाहरु भने चुनावको बेवास्ता गर्दै भारत पस्न थालेका छन्।उनीहरुलाई भोटभन्दा भोकको चिन्ताले गर्दा भारत पलायन हुन बाध्य बनाएको हो। दसैँ र तिहार मान्न भारतबाट घर फर्किएका युवाहरू अहिले धामाधम भारत फर्किन लागेका छन्।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
कञ्चनपुर भीमदत्त नगरपालिका–४ की स्थानीयवासी ललितादेवी भटट वर्षमा दुई पटक स्वास्थ्योपचारका लागि भारत जानुपर्छ । तर, आवतजावत गर्दा प्रायः सबै भारतीय सुरक्षाकर्मीको अनावश्यक ज्यादतीको झमेला भोग्नुपर्छ ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
बैतडीमा चिसो बढेसंगै अहिले जिल्लामा निमोनियाका बिरामी पनि बढ्न थालेका छन् । निमोनियाले पाँच वर्ष मुनिका बालबालिका र वृद्धवृद्धाहरु बढि प्रभावित भएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिए ।२०७९ कार्तिक २८ गते सोमबार युग संवाददाता
कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्ता ठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाए ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी सख्त घाइते भएका छन् ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
डोटीका भूकम्प पीडितलाई राहत जुट्दै गइरहेको छ । आइतबार कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा गैर आवासीय नेपाली सङ्घ एनआरएनको आयोजनामा भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको छ ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
नागरिक उन्मुक्ति पार्टीले चुनावी प्रचारप्रसार अन्तर्गत आज धनगढीमा ढकिया ¥याली प्रदर्शन गरेको छ । सो पार्टीले शक्ति प्रदर्शनको रुपमा नाचगानसहित ढकिया ¥याली प्रदर्शन गरेको हो२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
सीमा क्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणलाई राजनीतिक दलहरुले चुनावी मुद्दा बनाउन सकेका छैनन् ।२०७९ कार्तिक २६ गते शनिबार युग संवाददाता
कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छन् । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताए ।२०७९ कार्तिक २५ गते शुक्रबार युग संवाददाता
बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला परेका हुन्।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज मेला लाग्दैछ । डडेल्धुराको अमरगढी नगरपालिका-८ मा लाग्ने उक्त मेलालाई स्थानीय भाषामा ‘देहीजाँत’ भनिछ । त्यहाँ हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ ।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।२०७९ कार्तिक २३ गते बुधबार युग संवाददाता
सुदूरपश्चिममा बुधबार राति भूकम्प जाँदा घर भत्किएर डोटीमा तीन जनाको मृत्यु भएको छ । पूर्वी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार सो गाउँपालिकाको वडा नम्बर ३ गैरा गाउँस्थित स्थानीयको घर भत्किँदा एक महिला र दुई बालबालिकाको च्यापिएर मृत्यु भएको हो ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आसन्न निर्वाचनका लागि मतदाताहरुलाई मतदान गर्ने तरीका सिकाउने उद्देश्य सहित बैतडीका तीनओटा स्थानीय तहमा मंगलबार एकैदिन नमूना मतदान कार्य सम्पन्न गरिएको छ ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
पूर्व मन्त्री एवम् नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले रोजगारी सृजन गर्न मुलुकमा एमालेको सरकार बन्न आवश्यक रहेको बताएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार बैतडी र दार्चुला आउने भएका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
डोटीमा एक हजार ४२२ जना कर्मचारी मतदान केन्द्रमा खटिने भएका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लामा सो सङ्ख्यामा कर्मचारी खटिने भएका हुन ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोली (बुधबार) बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् ।२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण आयोजना गर्ने तयारी थालेको छ । विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
ढुङ्गा लागेर गम्भीर घाइते भएकी बझाङको साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ ।