बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

युग संवाददाता     132 पटक पढिएको    

बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

बैतडी  ।  बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् ।उनले बैतडीबाट लगातार तेस्रो पटक जितेर ह्याट्रिक गरेका छन् । अहिलेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजय सुन्दर)लाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए । कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेस्रो पटक जित हात पारेका हुन् । 



बिहिबार ०८, मङि्सर २०७९ ०४:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.