बझाङको प्रदेश (१) मा कांग्रेसका सिंह विजयी

युग संवाददाता     703 पटक पढिएको    

बझाङको प्रदेश (१) मा कांग्रेसका सिंह विजयी

बझाङ । बझाङको प्रदेश सभा ९१० मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन् ।

उनले नेकपा (एमाले)का उम्मेदवार अफिलाल ओखेडालाई तीन हजार सात सय ७६ मतान्तरले पराजित गरेका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका सिंहले १७ हजार एक सय १२ तथा ओखेडाले १३ हजार तीन सय ३६ मत प्राप्त गरे ।

यस्तै राप्रपा नेपालका कर्णबहादुर खड्काले चार सय २६ र राप्रपाका हरिलाल भट्टराईले चार सय चार मत प्राप्त गरेका छन् ।



बिहिबार ०८, मङि्सर २०७९ ०१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal