डडेल्धुरा । डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन्। जोशीले नेपाली काँग्रेसका गोबिन्द बाहेरालाई ४८० मतले पराजित गरेका हुन् । अन्तिम मत परिणाम अनुसार जोशीले ११ हजार १ सय ७० मत ल्याएका हुन भने नेपाली काँग्रेसका उम्मेदवार बोहराले १० हजार ६ सय ९० मत पाएका ल्याएका हुन् । यस अघि १ मा खगराज भट्ट विजयी भइसकेका छन् । १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन उनि निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभामा भने प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी भइसकेका छन् ।
प्रतिकृया दिनुहोस