अनेरास्ववियुद्वारा बाजुराका सिडियो, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतमाथि आक्रमण

युग संवाददाता     518 पटक पढिएको    

अनेरास्ववियुद्वारा बाजुराका सिडियो, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतमाथि आक्रमण

बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका छन्। आफ्ना कार्यकर्ता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गरे मात्र मतगणना सुरु गर्न दिने अडान राखेका एमाले नेता र अनेरास्ववियुका कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल र सुरक्षा निकायका प्रमुखहरूमाथि आक्रमण गरेका हुन्।

मतगणना प्रक्रियाअघि बढाउने विषयमा सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको हलमा सर्वदलीय बैठक सकेर निस्कने क्रममा अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेको प्रजिअ अधिकारीले बताए।

सर्वदलीय बैठक सकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर निस्कँदा गेटमा अनेरास्ववियुका कार्यकर्ताले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका थिए। चेतन अयडीको हत्यारा प्रक्राउ गरी निष्पक्ष छानबिनको माग गर्दै अनेरास्वियुले आन्दोलन गरिरहेको थियो। 

अनेरास्ववियु कार्यकर्ताले ढुगांमुढा प्रहारसँगै कालो मुसोसमेत फालेको प्रजिअ अधिकारीले बताएका छन्। आक्रमणकारी अनेरास्ववियुका कार्यकर्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।



बुधबार ०७, मङि्सर २०७९ ०३:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal