युरोकप छनोट स्पेनद्वारा स्वीडेन ३(० ले पराजित )

Yugnepal     714 पटक पढिएको    

युरोकप छनोट स्पेनद्वारा स्वीडेन ३(० ले पराजित )


 

काठमाडौं,  स्पेनले युरोकप छनोट फुटबलमा स्विडेनलाई  पराजित गरेको छ।

सोमबार भएका युरोकपअन्तर्गत समूह एफको खेलमा स्पेनले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । स्पेनले कप्तन सर्जियो रामोस, अल्भारो मरोटा र मिकेल ओयारजबलले गरेको गोलले जित गराएको हो।

 पहिलो हाफसम्म भने गोलरहित बराबरीमा रोक्न सफ भएको स्वीडेनले दोस्रो हाफमा स्पेनले लगातार तीन गोल गरेको थियो।

 खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । पेनाल्टीबाट गोल गर्दै रामोसले स्पेनलाई १–० गोलको अग्रता दिलाए ।८५औं मिनेटमा स्पेनले फेरी अर्को पेनाल्टी पाएर स्पेनले २–० गोलको अग्रता लियो।

 ८७औं मिनेटमा स्पेनले अर्को गोल थप्न सफल भयो । ओयारजबलले गोल गर्दै स्पेनलाई ३–० गोलको जित दिलाए।

त्यस्तै, हिजो भएको अन्य खेलमा भने डेनमार्कले जर्जियालाई ५–१ ले, रोमानियाले माल्टालाई ४–० ले र पोल्यान्डले इज्रयाललाई ४–० गोलअन्तरले नै पराजित गरेको छ ।



बुधबार २९, जेठ २०७६ ०३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.