धनगढी, २१ माघ । कैलाली उद्योग वाणिज्य संघले खो–खो खेलको विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
प्रतियोगिताका खेलाडीहरूलाई प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिए ।
भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए । सो खेलमा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए ।
सो प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ देशको सहभागिता रहेको थियो । नेपालमा १९९० पछि खो–खो खेल खेल्न सुरू भएको हो ।
ृद्धस्द्दद्द ऊ, ण्घरण्द्दरद्दण्द्दछे क्गलष् िब्गवष्स् कैलाली उद्योग वाणिज्य संघद्वारा खो खो खेलका खेलाडीलाई सम्मान
धनगढी, २१ माघ । कैलाली उद्योग वाणिज्य संघले खो–खो खेलको विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
प्रतियोगिताका खेलाडीहरूलाई प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिए ।
भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए । सो खेलमा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए ।
सो प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १९ देशको सहभागिता रहेको थियो । नेपालमा १९९० पछि खो–खो खेल खेल्न सुरू भएको हो ।
प्रतिकृया दिनुहोस