तिहारलगत्तै छठ पर्वको तयारी

युग संवाददाता     22 पटक पढिएको    

तिहारलगत्तै छठ पर्वको तयारी

 

महोत्तरी । तिहार पर्वको समापनसँगै तराई मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी शुरू भएको छ ।


मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउमा तयारी शुरू भएको जलेश्वर नगरपालिका(५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए । 

सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका(८ का वडाध्यक्ष विजयकुमार सिंहले बताए ।

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासी यस पर्वलाई धूमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी शुरू गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।

सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका(८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । 

पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।  

जलेश्वर नगरपालिका(१ स्थित बरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल(ठूला पंडाल, रंगीचङ्गी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताए । 

यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए।



शुक्रबार ०८, कार्तिक २०८२ ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal