प्रयागराज महाकुम्भमा डुबकी लगाउने पुगे ५९ करोड

युग संवाददाता     35 पटक पढिएको    

प्रयागराज महाकुम्भमा डुबकी लगाउने पुगे ५९ करोड

 

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा अहिलेसम्म ५९ करोडले डुबकी लगाइसकेका छन् । 

यो संख्या अहिलेसम्मकै कुनै पनि कार्यक्रममा भएको सबैदा बढी सहभागीता हो । १२४ वर्षमा आउने उक्त महाकुम्भमा एक जुनिमा एक व्यक्तिले एक पटकमात्र डुबकी लगाउने गर्दछ । 

उत्तर प्रदेश सरकारले ४४ करोडले डुबकी लगाउने महत्वाकांक्षा शुरुआतमा पालेको भए पनि अप्रत्याशित रुपले विश्वभरबाट श्रद्धालु खनिएका हुन् । 

आगामी बुधबार महाशिवरात्रिका दिन समापन हुनेछ । महाशिवरात्रिमा पनि थुप्रै संख्याले डुबकी लगाउने दाबी गरिएको छ । 

प्रयागराजका विद्यालयहरु दुई महिनादेखि बन्द छन् । प्रयागराजका मानिसहरु भने लकडाउन जसरी नै बस्न परिरहेको छ । किनकि उक्त क्षेत्र वरिपरि १५ किलोमिटरसम्म श्रद्धालु हिँडेरै डुबकी लगाउन गएका छन् । 



शनिबार १०, फागुन २०८१ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal