राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप खिच्ने तयारी

युग संवाददाता     21 पटक पढिएको    

राष्ट्र बैंकद्वारा ९० अर्ब निक्षेप खिच्ने तयारी

 

काठमाडौँ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज ९बिहीबार० ९० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। बैंकले वित्तीय बजारमा तरलता व्यवस्थापन गर्न र ब्याजदरलाई नियन्त्रणमा राख्न निक्षेप सङ्कलन उपकरण मार्फत तरलता खिच्न लागेको हो।


हाल नेपालको कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसरी निक्षेप बढ्दा वित्तीय प्रणालीमा तरलताको चाप बढ्ने गर्छ, जसलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले समय(समयमा यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ।

यस निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ुकु, ुखु र ुगु वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेपको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ।

आज अनलाइन खरिद प्रणाली मार्फत बोलकबोल हुनेछ र ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। बोलकबोल हुने यो निक्षेपको सावाँ र ब्याज २०८२ असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा निःशेष  हुने गरी कुल आह्वान गरिएको रकमसम्म हुनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा लामो अवधिको अधिक तरलता देखिएमा त्यसलाई व्यवस्थापन गर्न अधिकतम ६ महिना अवधिको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। राष्ट्र बैंकले यही व्यवस्था टेकेर पटक(पटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ।



बिहिबार ०२, असोज २०८२ ०६:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal