काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।
आज सुनको भाउ तोलामा सात सय रुपैयाँ घट्दा चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला दुई लाख १५ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यता, शुक्रबार प्रतितोला दुई हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज सामान्य मूल्य बढेर दुई हजार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस