दार्चुलाको दानीखेतमा जीप दुर्घटना, मालिकको मृत्यु

युग संवाददाता     196 पटक पढिएको    

दार्चुलाको दानीखेतमा जीप दुर्घटना, मालिकको मृत्यु

 

खलङ्गा दार्चुला। दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीका अनुसार लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो।

जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे खुल्न सकेको छैन। दुर्घटनापछि जीप चालक फरार भएकाले खोजीका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।



शुक्रबार ०८, कार्तिक २०८२ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal