धनगढी उप–महानगरपालिकाको बजेट १अर्व ५८ करोड ४ लाख -  पूर्णपाठ सहित

Yugnepal     1078 पटक पढिएको    

धनगढी उप–महानगरपालिकाको बजेट १अर्व  ५८ करोड ४  लाख   -  पूर्णपाठ  सहित

 

धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट आईतबार चौथो नगरसभामा पेश गरेको छ। धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगर सभामा एक अर्व ५८ करोड चार लाख ४८ हजारको बजेट सहित नीति र कार्यक्रम पेश गरेकी हुन्। जसमध्ये चालुतर्फ ७६ करोड ३६ लाख रहेको छ भने पुँजीगत तर्फ ८१ करोड ६८ लाख रहेको छ। 

उप–महानगरपालिकामा कार्यान्वयन हुने तर रातो कितावमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको नगरसभा अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए। तर उप–महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई हुवहु सार्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको भेटिएको छ।

नीति, कार्यक्रम तथा बजेटमा गत बर्षका शब्दहरु समेत कपि–पेष्ट गरिएको छ। धनगढी उप–महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेट चालु बर्षकै कपिपेष्ट गरेर पेश गरेको हो। चालु आर्थिक वर्षको कृषिको पहिलो नम्बरमा अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम राखिएकोमा आईतवार नगर सभामा प्रस्ताव गरेको नीति तथा कार्यक्रममा पनि यो पहिलो नम्बरमा छ।

बगर खेतीको बिषय भने केही तलमाथि गरिएको छ। क्वारेन्टाईन चेकपोष्ट स्थापना गरी अनियन्त्रित रुपमा आयात भइरहेका अस्वस्थ   खाद्य पर्दाथ आयात नियन्त्रणका लागि आवश्यक पहल गर्ने योजना पनि कपि पेष्ट भएको छ। कुरिलो, घ्युकुमारी, अमला, वेल, रुद्राध्क्ष जस्ता वनस्पती खेतीलाई प्रोत्साहन गर्ने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा आगामी आर्थिक वार्षमा पनि अटाएको छ।

धनगढी उपमहानगरपालिका १२ मा द्धारिका देवी कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, युवा लक्षित कृषि कार्यक्रम, भूमिहीनका लागि मौरिपाल, च्याउ खेती, व्यवसायी तरकारी खेती, शहकारी क्षेत्रमा कौशी खेती लगायतका योजना पनि फेरी अटाएका छन्। 
पशु क्षेत्रका कार्यक्रमहरु पनि हुवहु सारिएका छन्। नगर क्षेत्रमा व्यवस्थित पशु बधशाला निर्माण गर्ने, बधशालारुको उचित व्यवथापन गर्ने र नियमित अनुगमन गर्ने कार्यक्रहरु पनि आगामी आर्थिक वार्षको नीति तथा कार्यक्रममासमावेस गरिएको छ। चालु आर्थिक वर्ष र आगमी आर्थिक वर्षको लागि ल्याईएको  पर्यटन क्षेत्रका सवै कार्यक्रमहरुको शिर्षक फेरि सारिएको छ। 

कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने, वडा नम्बर  ४, ५, ६ र १३ मा रहेको सामुदायिक वन भित्रवाट वग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरि सामुदायिक वनलाई स्थानीय उद्यान वनाइनुका साथै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, वरिपरी साईकल ट्रयाक निर्माण गर्ने, वडा नम्बर ३ को सामुदायिक वन क्षेत्र देखि शिवपुरी धाम, जाखोर ताल हुदै वेहडावावा सम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साईकल ट्रयाक निर्माण गर्ने, सार्वजनिक निजि साझेदारी अवधारणा अनुसार सुविधा सम्पन्न सपिङ्ग कम्पलेक्स सहितको भ्यू टावर तथा घण्टा घरको निर्माण,

नेतुवा ताल, जोखरतार, तिल्केताल, बेलाताल, वेहडाबाबाताल, चौफेरीताल, सुन्दरीताल र नथनीताल÷कथनीताल लगायत विभिन्न वडामा रहेका तालहरुलाई पर्टकीय क्षेत्रको रुपमा विकासका कार्यक्रमहरु आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा हुवहु राखिएको छ। 
उद्योग तथा बाणिज्य, सहकारी, समाजिक, शिक्षा, स्वास्थ्य, सास्कृतिक, पूर्वाधार विकास,  वन, वातावरण विपद व्यवस्थापन लगायतका कार्यक्रहरु पनि हुवहु छन्। आगामि आर्थिक वर्षका लागि धनगढी उप–महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम दुर गामी नभएको नगर सभा सदस्यहरुले नै बताएका छन्।  



आइतबार ०८, असार २०७६ ०६:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal