भारी हिमपातपछि मुस्ताङको जनजीवन प्रभावित

युग संवाददाता     29 पटक पढिएको    

भारी हिमपातपछि मुस्ताङको जनजीवन प्रभावित

 

काठमाडौँ । भारी हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको छ । 


हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।

गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएका यतिवेला अप्ठेरोमा परेका छन् ।

स्थानीय प्रशासनले मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरेको छ।

सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो ।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा शुरू भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।



मङ्गलबार १२, कार्तिक २०८२ ०९:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal