धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको हो ।
निर्वाचन अधिकृत देवराज भारतीले उनको उम्मेदवारी खारेज भएको बताए । चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
उनीविरुद्ध स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईले उजुरी दर्ता गरेका थिए । उजुरीकर्ता भट्टराईको उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा १६ को घ अनुसार कुनै कसुरमा जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने, अयोग्य हुने भन्ने कानुनी व्यवस्था रहेको उल्लेख थियो ।
प्रतिकृया दिनुहोस