अशक्त किशोरीमाथि करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

युग संवाददाता     55 पटक पढिएको    

अशक्त किशोरीमाथि करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

धनगढी  – कैलालीमा शारीरिक रूपमा अशक्त भएकी १८ वर्षीय किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका – १ का ५२ वर्षीय रन बहादुर सुनार पक्राउ परेका छन् ।

मंगलबार घरको आँगनमा एक्लै बसिरहेको अवस्थामा किशोरीलाई सुत्ने कोठामा लगी जबरजस्ती करणी गरेको आरोपमा सुनार पक्राउ परेका हुन ।


किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय टीकापुरमा दिएको उजुरीको आधारमा सुनारलाई पक्राउ गरिएको प्रदे प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।



बिहिबार ०९, माघ २०८२ ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal