समाजवादीमा प्रेम आले पार्टी छोड्ने तयारी

युग संवाददाता     267 पटक पढिएको    

समाजवादीमा प्रेम आले पार्टी छोड्ने तयारी

 

धनगढी  नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदा प्रेम आले अटाएका छैनन्। आलेले महाधिवेशन बहिस्कार गरेका थिए। डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका आले पार्टीको १० औं महाधिवेशनमा सहभागी भएनन्। नेकपा एसले आज ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ।

पार्टीले थप छलफल गरेर आगामी दस दिनभित्र २९९ सदस्यीय कमिटी घोषणा गर्ने जनाएको छ। निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरोमा रहेकाहरूलाई केन्द्रीय सदस्यमा राखे पनि निवर्तमान पोलिटब्युरो सदस्य आलेको नाम भने राखिएको छैन।



शनिबार २२, असार २०८१ ०६:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal