रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकले जारी गरे अर्को ह्विप

युग संवाददाता     323 पटक पढिएको    

रञ्जिताको ह्विपविरुद्ध प्रमुख सचेतकले जारी गरे अर्को ह्विप


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका लागि जारी गरेको ह्विपको विरुद्धमा प्रमुख सचेतकले अर्को ह्वीप जारी गरेका छन् ।


अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी थिइन् । त्यसको केही समयपछि सुदूरपश्चिम प्रदेशको प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

‘मुख्यमन्त्री कमलबहादुर शाहले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदानका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन ९ह्विप० जारी गरिन्छ,’ सचेतक डगौराद्वारा जारी ह्विपमा भनिएको छ ।



बुधबार २१, चैत २०८० ०१:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal