‘घरको पाखो बारी बेचेर विदेशीने युवालाई बजेटले छोएन’
काठामाडौं असार ४ स् सांसद डिला संग्रौलाले विनियोजित विधेयकमाथि छलफलमा भाग लिदै श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत खर्च घटाउन प्रस्ताव पेश गरेकी छिन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद संग्रौलाले राखेको प्रस्तावको सम्पादित अंश स्
विनियोजित विधेयक २०७६ श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्न चाहान्छु।
यो भन्नुको पछाडि थुप्रै कारणहरु छन्, एउटा भनाइबाट सुरू गर्न चाहन्छु। अब्राह्म लिङ्कनले आफ्नो बालसखालाई भने छन्, ‘म कस्तो देखिन्छु मेरो तस्बीर कोर।’
बालसखाले दाह्री पालेको अब्राह्म लिङ्कनको तस्बीर र अमेरिकारको नक्सा कोरेछन्। विपि कोइरालाले पनि एउटा नक्सा कोरे।
तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजित बजेटलाई हेर्दा हातमा सर्टिफिकेट लिएर रोजगारीका लागि ओहोरदोहोर गरिरहेका युवालाई छोएको छैन।
घरको पाखो बारी बेचेर विदेश हिडेको युवालाई पनि छोएको देखिएन। हरेक दिन बैदेशिक रोजगारमा गएर ज्यान गुमाउनेका रोइरेहका आमाबाबुको मनलाई पनि छोएको देखिएन।
यसका थुप्रै कारणहरु छन् । सरकारले चालु आर्थिक वर्षमा कुनै पनि क्षेत्रमा रोजगारको सिर्जना गर्न सकेको छैन।
प्रधानमन्त्री रोजगारमा पाँच लाख युवालाई रोजगारी बनाउने भनिएको छ। गत वर्षको स्थिति हेर्ने हो भने केबल ३५ हजार मात्र पुगेका छन्।
अवसरको कुनै पनि बाटो खुलेको छैन। उद्योगधन्दा, कलकारखाना सबै बन्द रहेका छन।
बरु प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमिता भएको छ। आफ्ना कार्यकर्तालाई पोस्ने र भर्ति केन्द्र बनाएको भन्ने खबर आएको छ।
आजका युवा नेपालमा रोजगार नपाएर विदेशको शरणमा जानु पर्ने बाध्यता छ।
विदेशमा गएका नेपाली कामदार नेपाल आएर जीविकोपार्जन गर्ने अवसर छैन। तिनले कमाएको पैसा नेपालमा लगानी गर्ने वातावरण रहेका छैन।
नेपालको तस्बीरलाई हेर्ने हो भने आज प्रत्येक दिन एक हजार पाँच सयभन्दा बढी युवायुवती खाँडी मुलुक जान बाध्य छन्।
विदेश गएका युवाको सुरक्षा पनि हुन सकेको छैन। अहिले हरेक दिन दुई–चार लाश खाडी मुलुकबाट आउने गरेका छन्। यो तथ्यांकलाई हेर्ने हो भने विकराल अवस्था छ। अहिलेसम्म पाँच सय दुईभन्दा बढीको तथ्यांक छ।
विदेशिने क्रमलाई हेर्ने हो भने ८६ प्रतिशतभन्दा बढी युवा विदेश गइसेकेका छन्। आज अस्थाई रुपमा त्यहाँ काम गर्नेको तथ्यांक हेर्ने हो भने झन विकराल छ। ६ सय ६६ युवाले ज्यान गुमाइ सकेका छन्। यो विकराल तस्बीर नेपालको तस्बीर हो। तर यो तस्बीरलाई श्रम मन्त्रालयले हेर्न सकेको छैन।
यो सरकारले प्रकाशित गरेको एउटा तथ्याङ्क छ, २०७६ को। त्यो तथ्याङ्कले भनेको छ– जतिपनि विदेश जान्छन् अदक्ष छन्, कुनै सिप छैन, कुनै अनुभव छैन। तिनीहरूलाई दक्ष बनाएर नेपाल पठाउन सरकार किन सकिरहेको छैनरु
अर्कोतर्फ भनिएको छ, प्रत्येक स्थानिय तहमा श्रम रोजगार तह खोलिने छ।
श्रम रोजगार तह खोल्दैमा रोजगारको अवसर खुल्नेवाला छैन। कामदारको महत्व रोजगारदातासम्म पु¥याउन सकेको छैन, यो सरकारले। आज कस्तो अवस्था छ भने श्रम रोजगार तथा सुरक्षामन्त्री दिनहँु सम्झौता गर्नुहुन्छ। मलेशियासँग सम्झौता गर्नु भयो तर आज गन्तव्यस्थल मलेशिया जान बन्द छ। युइए, मरिससँग पनि सम्झौता गर्नु भयो। तर खाली कागजमा मात्र सम्झौता गर्देमा नेपालीहरु विदेश गएर रोजगारी हासिल गर्न सक्दैनन्।
आजको स्थिति र आजको आवश्यकता भनेको नेपालमा उद्योगधन्दा कलकारखाना कृषिमा क्रान्ती गरेर नेपालमा उद्यमस्थल बनाएर नेपालीलाई रोजगारी दिनुपर्ने आजको आवश्यकता हो। तर सरकारले कुनै युवालाई छुनेखालको बजेट ल्याउन सकेन।
विदेशको कुरा गर्ने हो भने नेपालीहरू मर्न बाध्य छन्। यौन हिंसामा परेका छन्। अन्यायमा परेका छन्। यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको ध्यान किन जाने सकेको छैनरु
प्रतिकृया दिनुहोस