सुरक्षा निकायलाई ‘हाइअलर्ट’ रहन निर्देशन

युग संवाददाता     29 पटक पढिएको    

सुरक्षा निकायलाई ‘हाइअलर्ट’ रहन निर्देशन

 


काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरीले देशभरका सुरक्षा निकायलाई ‘हाइअलर्ट’ रहन र शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिएको छ।


नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले यस विषम परिस्थितिमा देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति खलबलिन नदिन निर्देशन दिइएको जानकारी दिएका छन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौँलगायत देशका विभिन्न भागमा भएका घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले सबै युवा, विद्यार्थी, अभिभावक, शिक्षक र नागरिक समाजलाई संयमता अपनाएर शान्ति कायम गर्न आग्रह गरेका छन्।

प्रदर्शनका कारण उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ।



मङ्गलबार २४, भदौ २०८२ ०५:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal