धनगढी । धनगढीमा जेनजी आन्दोलनकारीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भित्रै प्रवेश गरी तोडफोड गरेका छन् । ‘सरकारको दमको विरोधमा मंगलबार दिउँसो कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म पुगेको हो । नाराबाजी गर्दै अघि बढेका आन्दोलनकारीहरु कार्यालय परिसरमै पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
आन्दोलनकारीहरुले कार्यालय परिसरमा प्रवेश गरी ढुंगामुढा गर्नुका साथै केही गाडीमा तोडफोड गरेका छन् । अचानक बढेको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि स्थिति नियन्त्रणमा आउन केही समय लागेको बताइएको छ ।
घटनापछि कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनकारीहरुको माग र आन्दोलनको स्वरुपबारे अझै स्पष्ट विवरण आएको छैन । तर, तोडफोड र झडपका कारण कार्यालय वरपरको वातावरण त्रसित बनेको छ ।
प्रतिकृया दिनुहोस