काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दोलखाबाट प्रतिनिधि सभा उम्मेदवारका लागि टिकट पाएका छन् ।
कांग्रेसले उनलाई फागुन २१ गते हुने निर्वाचनका लागि टिकट दिएको हो । उनी २०७८ सालमा पहिलो पटक केन्द्रीय सदस्य भएका थिए ।
उनी गत पुस २७ देखि ३० गतेसम्म भएको पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
उनको गृह जिल्ला दोलखा नै हो ।
उनी पत्रकारिताबाट राजनीतिमा होमिएर सफलता हासिल गरेका हुन् । उनी नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका पूर्व महासचिव हुन् ।
कांग्रेसले टिकट वितरण प्रक्रिया अन्तिम चरणामा पुर्याएको जनाएको छ ।
विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको हस्ताक्षरमा टिकट वितरण भइरहेको हो । विशेष महाधिवेशन नमान्ने भन्दै निर्वाचन आयोगको निर्णयसमेत नमानेर शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा गएको छ ।
यद्यपि देउवा पक्षका नेताहरूले पनि धमाधम थापाकै हस्ताक्षरमा रुख चिन्हबाट टिकट लिइरहेका छन् ।
यता देउवा पक्षले अदालतबाट मुद्धा फिर्ता लिने सहमति भएको भनी बाहिर आए पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने मुद्धा फिर्ता हुने कुनै सहमति नभएको र फिर्ता नहुने सामाजिक सञ्जालमार्फत बताएका छन् ।
प्रतिकृया दिनुहोस