बंगलादेश–दक्षिण अफ्रिकाबीचको खेलमा बने यी आठ कीर्तिमान

खेलकुद

Yugnepal     669 पटक पढिएको    

बंगलादेश–दक्षिण अफ्रिकाबीचको खेलमा बने यी आठ कीर्तिमान

बंगलादेश–दक्षिण अफ्रिकाबीचको खेलमा बने यी आठ कीर्तिमान

काठमाडौं । इंगल्याण्ड र वेल्सको संयुक्त आयोजनामा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार राति बंगलादेश र दक्षिण अफ्रिकाबीच भएको खेलवा आठवटा कीर्तिमान बनेका छन् । 

बंगलादेश २१ रनले विजयी भएको खेलमा के के बने त कीर्तिमान
१, बंगलादेशी अलराउन्डर शकिब अल हसनले १९९ खेलमा ५००० रन तथा २५० विकेट लिने खेलाडी बने । योसंगै विश्वका उनी यो आंकडा पार गर्ने पाँचौं खेलाडी बनेका छन् । 

२, बंगलादेशले एक दिवसीय विश्वकपमा आफ्नो सबैभन्दा उच्च योगफल बनाएको छ । ६ विकेटको नोक्सानीमा ३३० रन बनायो । 


३, बंगलादेशले अहिलेसम्म दक्षिण अफ्रिकालाई ४ एक दिवसीय खेलमा जितेकामा दुई खेल विश्वकपमा जितेको छ । 

४, शकिब अल हसन र मुशफिकर रहिमबीच भएको १४२ रनको साझेदारी विश्वकपमा बंगलादेशको सबैभन्दा उक्त साझेदारी हो । तेस्रो विकेटका लागि भएको साझेदारीमा रहिमले ७८ तथा हसनले ७५ रन बनाए । 
५, विश्वकपको इतिहासमा पहिलो पटक दक्षिण अफ्रिकाले सुरुवाती दुई खेलमा हार मिलेको छ । 

६, बंगलादेशले दक्षिण अफ्रिकालाई विश्वकपमा दुई हराएको छ । यो कीर्तिमान राख्ने दक्षिण एसियाली राष्ट्रमा बंगलादेश पहिलो हो । 

७, ४० वर्षीय इमरान ताहिर १०० एक दिवसीय खेल्ने दक्षिण अफ्रिकाका दोस्रो स्पिनर खेलाडी बने । यसअघि यो रेकर्ड निकी बोएको नाममा थियो । ।

८, इमरान ताहिर जारी विश्वकपमा खेल्नै सबैभन्दा बढी उमेरका खेलाडी हुन् । उनी सबैभन्दा कम खलमा १०० विकेट लिने दक्षिण अफ्रिकी बलर पनि हुन् । 



सोमबार २०, जेठ २०७६ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.