धनगढी उपमहानगरको सरकारी टोली बडीमालिका प्रस्थान

युग संवाददाता     126 पटक पढिएको    

धनगढी उपमहानगरको सरकारी टोली बडीमालिका प्रस्थान

धनगढी उपमहानगरको सरकारी टोली बडीमालिका प्रस्थान


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोली बाजुराको बडीमालिकाको प्रस्थान गरेको छ।

आइतबार बिहान नगर उपप्रमुख कन्दकलाकुमारी राना,प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीलगायतको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका माईको मन्दिरमा साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा उपमहानगरपालिकाको सरकारी पूजा टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

उपप्रमुख रानाले उपमहानगरको ३६ औं कार्यपालिका बैठकको निर्णय,नीति तथा कार्यक्रम अनुसार पूजाका लागि उपमहानगरको सरकारी टोली बडीमालिकाका जान लागेको बताइन् । उनले यो उपमहानगरपालकाको पहिलो पूजा भएको बताउँदै त्यहाँ गएर धेरै अनुभव तथा आशीर्वाद प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

टोलीमा ३५ जनाभन्दा बढीको सहभागिता रहेकाे उनले बताइन् । उपमहानगरको सरकारी टोलीले धनगढीस्थित वनदेवी मन्दिरमा पूजासहित विधिपूर्वक यात्रा सुरु गरेको छ।



आइतबार १९, साउन २०८२ ०८:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal