एमाले जिल्ला अधिवेशन निर्वाचन प्रक्रिया सुरु, भोली बिहान मतदान

युग संवाददाता     788 पटक पढिएको    

एमाले जिल्ला अधिवेशन निर्वाचन प्रक्रिया सुरु, भोली बिहान मतदान

 


धनगढी। नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरु भएको छ । जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन,दाबी विरोध लगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको छ ।


आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ७ बजे उम्मेदवारको नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विरोधको काम सकेर राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ ।

भोलि बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानको कार्यतालिका तय गरिएको छ । अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षका आकांक्षी डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले भने उम्मेदवारी घोषणा गरेका छैनन् ।



मङ्गलबार ०८, फागुन २०८० ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal