आजको मौसम : पहाडी क्षेत्रको मौसम बदली हुने

युग संवाददाता     154 पटक पढिएको    

आजको मौसम : पहाडी क्षेत्रको मौसम बदली हुने

काठमाडौं । आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना छ।



आइतबार २७, कार्तिक २०७९ ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.