लिग च्याम्पियन बार्सिलोना पराजित

खेलकुद

Yugnepal     786 पटक पढिएको    

लिग च्याम्पियन बार्सिलोना पराजित


 लिग च्याम्पियन बार्सिलोना पराजित
एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना सेल्टा भिगोसँग पराजित भएको छ । शनिबार राति भएको खेलम सेल्टा भिगोसँग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको हो । आफ्ना स्टार खेलाडी विनानै मैदान उत्रेको बार्सिलोनाले हार व्यहोर्नु परेको हो । पहिलो हाफ गोल रहित बराबरी रोकिएको खेलको ६७ औँ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८८ औँ मिनेटमा इगो एस्पासले पेनाल्टीमा गोल गर्दै टोलीको जित दिलाए । बार्सिलोनाले मुख्य खेलाडी लियोनल मेस्सी, जेरार्ड पिके, इभान राकिटिक, सेर्जियो बुस्केट, जोर्डी अल्बा र लुइस स्वारेजलाई शनिबारको खेलमा आराम दिएको थियो ।  शीर्ष स्थानको बार्सिलोनाको ३६ खेलबाट ८३ अंक जोडेको छ । सेल्टा भिगोको ४० अंक छ । 



आइतबार २२, बैशाख २०७६ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.