सन्दीपले भाइपर्सबाट इन्टरनेसनल लिग खेल्ने

युग संवाददाता     334 पटक पढिएको    

सन्दीपले भाइपर्सबाट इन्टरनेसनल लिग खेल्ने

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।

भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।भाइपर्सले सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ ।

ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ।

प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ । 



शनिबार ०४, भदौ २०७९ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.