अमेरिका बिरुद्ध नेपाल बिजयी, कुशल मल्लको शानदार डेब्य

Yugnepal     1644 पटक पढिएको    

अमेरिका बिरुद्ध नेपाल बिजयी, कुशल मल्लको शानदार डेब्य
आईसीसी विश्व क्रिकेट लिगमा नेपाल
काठमाडौं। आईसीसी विश्व क्रिकेट लिगमा नेपालले अमेरिकालाई पराजित गरेको छ। शनिवार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो।
नेपाली बलरहरुको कसिलो बलिङले अमेरिका खुलेर खेल्न सकेन। एक समय २७ रनमा ५ विकेट गुमाईसकेको अमेरिका पछि सम्हालिएको थियो। अमेरिकाका लागि ईयान हल्याण्डले ७५ रन बनाएका थिए। उनले एक्लै अमेरिकाको पारी सम्हालेका थिए।
नेपालका लागि सुसन भारीले ३ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिएका थिए। सन्दिपले १० ओभर बलिङ गर्दै २ मेडेन राखेर २७ रन खर्चेका थिए। त्यसैगरि सुसन भारीले १० ओभरमा १ मेडेन राख्दै ४३ रन खर्चेका थिए।
पहिलो खेल खेलिरहेका कुसल मल्लले १ विकेट लिएका थिए। करण केसी सबैभन्दा सफल बलर सावित भए। उनले ७।१ ओभरमा १ मेडेन सहित १५ रन खर्चेर ४ विकेट लिएका थिए।
आईसीसी विश्व कप क्रिकेट लिगमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९।२ ओभरमा सबै विकेट गुमाउँदै १सय ९० रन बनाएको थियो।
नेपालका लागि पहिलो खेल खेलिरहेका कुशल मल्लले अर्धशतक बनाएका थिए। उनले ५१ बलमा तीन छक्का ४ चौका प्रहार गरेका थिए। उनले छैठौं विकेटका लागि विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेका थिए। भण्डारीले ७९ बलमा १ छक्का ६ चौका सहित ५९  रन बनाएका थिए।
मल्ल र भण्डारीको साझेदारीले नेपाललाई सम्मान जनक स्कोर बनाउन महत्वपुर्ण योगदान दिएको थियो। ४९ रनमा ५ विकेट गुमाईसकेको नेपाल दवाबमा रहेको थियो। उक्त दवाबबाट निकालेर सहज स्थितीमा ल्याउन मल्ल र भण्डारीको साझेदारी काम गरेको थियो।
नेपालका लागि सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले सुरुवात गरेका थिए। ६ रन हुँदा पहिलो विकेट गामएको नेपालले ४६मा दोस्रो विकेट गुमाउँदा ४९मा पाँच वेकट गुमाएको थियो। कप्तान मल्लले २१ रन बनाए भने पारस खड्काले १९ रनको योगदान दिएका थिए। त्यसैगरि करन केसीले १२ रन मात्र बनाउन सकेका थिए।
अमेरिकाका लागि क्यामरुन स्टेभन्सनले ३ विकेट लिएका थिए। त्यसैगरि सौरभ नेत्रावलकरले २ विकेट हात पारेका थिए।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।
लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।


शनिबार २५, माघ २०७६ ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.